जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीको औसत सङ्ख्या दश दशमलव ३६ पुगेको छ । हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा…