अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताएकी छन् । रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका केन्द्रीय बैंकका गभर्नर र अर्थमन्त्रीहरूसँगको गोलमेच छलफलमा जर्जिएभाले भनिन्, “विकासशील देशहरूले आफ्नो संरचनात्मक रूपान्तरण, जलवायु लचिलोपनमा लगानी र कार्बन उत्सर्जन नियन्त्रणलाई समर्थन गर्न दीर्घकालीन वित्तपोषणको पहुँच को हकदार रहेका…