अमेरिकाका सबै संघीय सरकारका उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाइएको छ । चिनियाँ एप टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै उक्त प्रतिबन्ध लगाइएको हो । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् । यो निर्णयसँगै झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल…