युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छन् । दोस्रो विश्वयुद्धको समयमा महिला इस्पात कामदारहरूको योगदानलाई पहिचान गर्न सात वर्षको राष्ट्रिय अभियान सुरु गरेको शेफिल्ड विश्वविद्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । अहिले १०० वर्षकी क्याथलिन रोबर्ट्सलाई दोस्रो विश्वयुद्धको…