युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने । रुसी हमलामा मारिनेको संख्याबारे…