प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो । ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो…