इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियाको जाकार्तामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ। मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ।

सो भूकम्प ६ म्याग्निच्युडको रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। त्यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिबारे विवरणहरु संकलन भइरहेको छ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन।एजेन्सी

Skip This
Skip This
Logo