युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन्। बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले मस्काले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका हुन् । क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानी र बलात्कार जस्ता घटनाहरू समावेश…