बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो । युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् । हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले शुक्रबार भारतमा भने, “हामी अति चाडै नै सम्भवत…