संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरि रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले भिटो प्रयोग गरि शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन्। शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषदमा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए। प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका…