बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले निन्दा गरेका छन् । रुसी कदमले किभको सार्वभौमसत्तामाथि उल्लंघन गरेको गुट्रेसले बताएका छन् । ‘महासचिवले रुसी संघको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको मान्नुहुन्छ,’ महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रुसी…