भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो । अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर…