कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन्। रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ। कोभिड संक्रमितको संसर्गमा रहका वायुसेवाका कर्मचारी क्वारेन्टिनमा बस्दा समस्या अझै जटिल बनेको फ्लाइटअवेरले जनाएको छ। त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानमा अर्को बाधक…