फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ। राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन्। राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ। आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन्। आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ। ‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त…