ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन् । राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ । जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन् । उनले भने ‘किन खोप कार्ड चाहियो ? किन पासपोर्ट चाहियो ?…