मोफसलको प्रचार सकेर फर्कियो महापुरूष टिम

मोफसलको प्रचार सकेर फर्कियो महापुरूष टिम

केन्द्रबिन्दु
0
Shares

११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ ।

गत असोज २५ मा पुर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलको प्रचारमा फिल्मका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी लगायत थिए ।

अभिनेता हरिवंशले कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको बताए । कार्यकारी निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्र सिंह बानियाँले दर्शक फिल्म प्रति उत्साहित रहेको बताए । फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । 

सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार पारिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । 

Skip This
Skip This
Logo