बन्ने भयो चलचित्र ‘लक्ष्य जिन्दगीको’

बन्ने भयो चलचित्र ‘लक्ष्य जिन्दगीको’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिसरमा व्यक्तिगत दूरी कायम गर्दै शुभमूहर्त गरिएसँगै चलचित्र बन्ने भएको हो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रालि.को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दीपीका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेल लगायतका कलाकारको अभिनय रहनेछ ।

रामेश राईको निर्देशन रहने यो चलचित्रमा सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् । जीवन श्रेष्ठको छायाँकन, रवी केसीको शृङ्गार, रामजी राउतको सहायक निर्देशन रहेने यो चलचित्र कोरोना कहर केही सहज भएपछि छायाँकनमा जाने निर्माता सुनिलले बताए।

Logo