काठमाडौं ।
पछिल्लो समय योग, ध्यान र अध्यात्ममा लागेकी नायिका नीता ढुंगाना गणेश भजनमार्फत स्क्रिनमा देखिने भएकी छिन् । नीता आफ्नै स्वरमा तयार भजन ‘वक्रतुण्ड महाकाय’ मार्फत स्क्रिनमा देखिने भएकी हुन् ।
भजनको भिडियोका लागि शुक्रबार छायांकन पनि भैसकेको निर्माण पक्षले बताएको छ ।
नेपालमा पहिलो पटक यति ठूलो सेट बनाएर भजनको छायांकन गरिएको निर्माण पक्षको दावी छ । भजनको भिडियोमा नीता स्वयं फिचर्ड छिन् ।
रामजी लामिछानेको कोरीयोग्राफीमा तयार भिडियोलाई संजय लामाले खिचेका छन् । गीतमा दिनेश न्यौपानेको संगीत सुन्न सकिनेछ । नीता फिल्म्सको ब्यानरमा बनेको भिडियो नवनीता इन्टरटेनमेन्टको युट्युव च्यानलबाट रिलिज हुनेछ ।





























प्रतिक्रिया