महानायक हमालले मध्यराति दिए भिडियो सन्देश, ‘मानवतामा आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं’ (भिडियो)

महानायक हमालले मध्यराति दिए भिडियो सन्देश, ‘मानवतामा आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
महानायक राजेश हमालले मध्यरातमा एक भिडियो सन्देशमार्फत दर्शकहरुसँग कलाकार दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् दर्शकहरुलाई सम्बोधन गर्दै हमालले सधैं इगो राख्न नहुने र धैर्यता र इमान्दारितालाई आत्मसाथ गर्दै कलाकारहरुलाई सजग गराउनुहुने दर्शकहरुलाई धन्यवाद पनि दिएका छन् । दीपाको नाम नलिई उनले आफू माथि विवादास्पद अभिव्यक्ति दिने जो भए पनि माफी दिन दर्शकहरुमा अनुरोध गरेका हुन्।

कलाकार दीपाश्री निरौलाले ‘महानायक’ का विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि पछिल्ला केही हप्ता यता यो विषयले निकै चर्चा पाएको छ । दीपालाई गाली गर्ने र उनको पक्षमा बोल्नेहरुको सामाजिक संजालमा दोहोरी नै चले पछि नायक राजेश हमालले अबका दिनहरुमा यसरी अघि बढ्न नसकिने भन्दै यस्तो अभिव्यक्ति दिनेलाई माफि दिन र सधैं कलाकारलाई सजग गराउन पनि दर्शकहरुमा अनुरोध गरेका छन् ।

‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, अब अलि फराकिलो भएर मनन् गरेर सकारात्मक तरिकाबाट कसैको मानवतामा आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं । उनले भनेका छन् । हेरौं यो भिडियोमा :

Logo