स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई हौसला बढाउन राजेश हमालको अनुरोध

स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई हौसला बढाउन राजेश हमालको अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनका कारण लामो समयदेखि विदेशमा अड्किएका नेपालीलाई सरकारले फर्काइरहेको छ । कोरोना सङ्क्रमण भएका देशबाट नेपालीलाई ल्याइँदा उनीहरूबाट नै नेपालमा रहेका नेपालीलाई कोरोना सर्ने डर मान्दै उनीहरू प्रति वितृष्णा फैलिरहेको छ । उनीहरूलाई फर्काएर ल्याएपछि सरकारले उचित व्यवस्थापन र आइसोलेसनको व्यवस्था गर्न नसक्दा एक किसिमको त्रास बढेको हो ।

यसैबिच महानायक राजेश हमालले विदेशबाट आएका नेपाली नागरिकलाई स्वागत गर्न आह्वान गरेका छन् । युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले कोरोना भाइरसको महामारीमा दिनहुँ घर फर्किरहेका नेपालीलाई नमस्तेसहित न्यानो स्वागत गर्न आह्वान गरेका हुन् ।

उनको यस अभिव्यक्ति सहितको सार्वजनिक भिडियोमा हमाल भन्छन्, ‘अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौँ नागरिकहरू सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेका छन् ।  उनीहरू कसैको आमाबुवा, श्रीमान श्रीमती, छोराछोरी हुन् । तर जब आयो अनायास त्रास कोरोनाको, किन भए उनीहरू पराया झैँ एक छिनमै ? के यसैलाई भनिन्छ परिवार ? मानेकै हो हामीले प्रेम र स्नेहको हार ?’

हमालले यो ऐक्यबद्धताको लागि जुट्ने समय भएको भन्दै स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई उनीहरूको हौसला बढाउन अनुरोध समेत गरेका छन् ।

हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबैनिहरू आफ्नो घर फर्किदैछन्।अाउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।कृपया यो सन्देश सबैले Share गरौ #HamroNamaste कासाथ।

Rajesh Hamal यांनी वर पोस्ट केले मंगळवार, २३ जून, २०२०

Logo