हालको जल्दोबल्दो विषयको व्यंगात्मक रुपमा उठान गरी हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ भिडियो ‘लिपुलेक’ सार्वजनिक गरिएको छ । नेपाल र भारतको सिमानाको विषयमा आधारित रही तयार पारिएको यस भिडियो कलाकारद्वय धुर्मुस सुन्तलीकै निर्देशनमा बनेको हो ।
उक्त भिडियो सोमबार धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो । यस भिडियोमा धुर्मुस र सुन्तलीको मुख्य अभिनय रहेको छ ।
कोरोना भाईरसका कारण अन्य मानिसहरु संगै धुर्मुस र सुन्तली पनि होम क्वारेण्टाईनमा रहेका छन् । लकडाउनको समयको सदुपयोग गर्दै उनीहरुले समसामाहिक विषयमा भिडियो तयार पारेका हुन् ।





























प्रतिक्रिया