कोरोनाभाइरसका कारण पछिल्लो समय बलिउडका फिल्मका कार्यक्रमहरु बन्द छन् । लकडाउन लम्बिदै जाँदा धेरै चलचित्रहरु प्रदर्शनको लागि पेन्डिङमा रहेका छन् । जसले गर्दा लकडाउन सकिएपश्चात चलचित्र हलमा लगाउन फिल्मकर्मिहरुको ठुलो रस्साकस्सी हुने कुरा पक्का छ ।
यसै समस्यालाई मध्यनजर गर्दै भारतमा कोरोना महामारीबीच पनि फिल्म रिलिजको तयारी गरिएको छ । लकडाउनपछि रिलिज गरिने भनिएको अमिताभ बच्चन, आयुष्मान खुराना र तापसी पन्नुको फिल्म ‘गुलाबो सिताबो’ रिलिज गरिने भारतीय संचारमाध्यमहरुले बताएका छन्। तर कोरोनाको जोखिम बाट बच्न यस फिल्म हलमा नभई अनलाईनमा रिलिज हुनेछ ।
गत वर्षको नोभेम्बर २८ मा रिलिज मिति तोकिएको यस फिल्म डिजिटल प्लेटफर्म, ओटीटीमा रिलिज गर्न लागीएको हो । सुजित सिर्करको निर्देशनमा बनेको यस फिल्ममा अमिताभ र आयुष्मान मुख्य भुमिकामा रहेका छन् ।





























प्रतिक्रिया