लकडाउनमा निरूताको युट्युब च्यानल, शेयर गरिन् दिलिप र दिपकराजसँगका पलहरू (भिडियो सहित)

लकडाउनमा निरूताको युट्युब च्यानल, शेयर गरिन् दिलिप र दिपकराजसँगका पलहरू (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

कुनै समयकी ‘नम्बर वान’ नायिका हुन् निरुता सिंह । आफ्नो कार्यकालमा निकै सफल चलचित्रहरु दिएकी उनी केही समयदेखि भारतको मुम्बईमा बस्दै आएकी छिन् । तर भारतमै बसेपनि उनले नेपाल र नेपाली चलचित्र क्षेत्रलाई भने भुलेकी छैनन् ।

कोरोनाको महामारीमा नेपालसँगै भारत पनि लकडाउनको अवस्थामा छ । जसकारण निरुता यतिबेला निकै फुर्सदिली भएकी छिन् । सबैले लकडाउनको समय आ-आफ्नै तरिकाले बिताईरहदा निरुता भने चलचित्र क्षेत्रसँग जोडिएका आफ्ना अतीतलाई संकलन गर्नमा व्यस्त छिन् । उनले आफ्नो फेसबुक पेजमा लामो स्टाटस र एक युटुब भिडियो पोस्ट गर्दै आफ्ना अतितका मिठा यादहरु शेयर गरेकी छिन् ।

निरुताले आफ्नै एक युटुब च्यानल शुरु गरेकी हुन् । आफ्नो च्यानलमा उनले चलचित्र सन्तानको शुटिंगको क्रममा अभिनेताद्वय दिलिप रायमाझी र दीपकराज गिरीलाई सारी लगाईदिएको रमाईलो भिडियो अपलोड गरेकी छिन् ।

 

Logo