लकडाउनमा विपन्नलाई ‘राता मकै’ को साथ

लकडाउनमा विपन्नलाई ‘राता मकै’ को साथ

केन्द्रबिन्दु
0
Shares

कोरोना भाईरसको कारण देश पूर्ण रुपमा लकडाउन छ । जसकारण न्यून आयस्तर भएका र दैनिक ज्यालादारीमा गुजारा चलाउने ठुलो जमात समस्यामा परेका छन् । उनीहरुको जीवनयापन सहज बनाउन सरकार संगसंगै विभिन्न व्यक्तिहरुले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन् । पछिल्लो समय सहयोगको हात बढाउने फिल्मकर्मीहरु पनि बढिरहेका छन् ।

यसैबीच हाँस्यकलाकार किरण केसी उर्फ राता मकैले पनि आफ्नो परिवार र साथिभाईका तर्फबाट स्थानिय सरकारमार्फत राहत वितरण गरेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका केसीले राहत सामाग्री वितरणको जिम्मा नगरपालिकालाई दिएका छन् । महालक्ष्मी नगरपालिकामा बस्ने मजदुर तथा न्युनवर्गीयलाई लकडाउनको समयमा घरघरमा गई राहत वितरण गर्न असहज हुने भएकोले आफुले एकमुस्ट राहत नगरपालिकालाई जिम्मा लगाएको उनको भनाई छ ।

उनले राज केसी, राम केसी, देवेन्द्रमान सिंह र शशि खड्कासँग सहकार्य गरी प्रति बोरा ३० केजीको १०० बोरा चामल नगरपालिकालाई बुझाएको बताएका छन् । चामलसँगै उनीहरुले १० हजार थान मास्क पनि वितरणको लागी नगरपालिकालाई बुझाएका छन् ।

Logo