होम क्वारेन्टाइनमा श्रीमती मधुसँग ‘मस्ती मुड’ मा राजेश हमाल

होम क्वारेन्टाइनमा श्रीमती मधुसँग ‘मस्ती मुड’ मा राजेश हमाल

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ को जोखिम बढेसँगै यसको रोकथामका लागि सरकारले गरेको लकडाउनमा नेपाली कलाकारहरु घरमै बसेर समयको सदुपयोग गरिरहेका छन् ।

यो समय कोही घरमा पुस्तक पढेर बिताइरहेका छन्, भने केही नयाँ गीतसंगीत सृजनामा लागेका छन् । कतिपय कलाकार नेपाली र बलिउडका फिल्म हेर्दै आफ्नो समय बिताइरहेका छन् ।

यसैगरी यस लकडाउनको समय महानायक राजेश हमाल भने आफ्नी श्रीमती मधुसँग रमाइरहेका छन् । हमालले आफ्नी श्रीमतीसँग गरेको मस्ती मुडको भिडियो आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जसको क्याप्सनमा उनले लेखेका छन् ‘तिमी मेरो हिरोइन । म तिम्रो राजेश हमाल । हाहा १’

Posted by Rajesh Hamal on Monday, March 30, 2020

आफु होम क्वारेन्टाइनमा बसेदेखि नै हमालले आफ्नी श्रीमतीसँगको तस्बिर पोस्ट्याउने, उनको लागि गीत गाउने र नाच्ने जस्ता भिडियोहरु सार्वजनिक गर्दै आएका थिए ।

Logo