अभिनेता पल शाह ‘इन्स्टा लभर्स’ हुन् । युवापुस्तामा राम्रो क्रेज भएका पललाई इन्स्टामा डेढ लाखभन्दा बढीले पछ्याउने गरेका छन् । तर, उनले भने जम्मा ७ जनालाई मात्र पछ्याएका छन् । जसमा अभिनेता द्वय प्रदीप खड्का र नाजिर हुसेन, डान्सर तेरिया फौजा मगर, बहिनी रोशनी राज्यलक्ष्मी शाह, युट्युब पर्सनालिटी जूलियस डाइन, पल शाह फ्यान क्लब फेमिली र भारतीय अभिनेता शाहरुख खान रहेका छन् ।

केहि समय अघि उनको फलोअर लिस्टमा अभिनेत्री आँचल शर्मा पनि थिईन् । तर हाल पलले उनलाई लिस्टबाट ‘किकआउट’ गरेका छन् । पलले आफ्नो सच्चा साथी बताउने आँचललाई इन्स्टामा अनफलो गर्नुले सोसल मिडियामा धेरै प्रश्न उब्जिएका छन् ।

उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा लामो समयसम्म चलेको थियो । उनीहरुको आँँप जोडीलाई पनि फ्यानहरुले निकै रुचाएका थिए । तर केही समय अघिदेखि भने उनीहरुको ‘ब्रेकअप’ भएको खबर बाहिरिएको थियो । स्रोतका अनुसार, आँचलले आफ्नो विवाह र रिसेप्सन पार्टीमा समेत पललाई निम्तो पठाएकी छैनन् ।
फ्यान र मिडियाको प्रेम सम्बन्धी प्रश्नमा सधैँ साथीको नातामात्र रहेको बताउँदै आउने पलले आँचलको विवाह हुने बित्तिकै उनलाई अनफलो गरेपछि विगतमा यी दुइबीच साँच्चै प्रेमसम्बन्ध रहेको आम विश्लेषण छ ।





























प्रतिक्रिया