काठमाडौँ ।
प्रेमकथामा आधारित रोमान्टिक फिल्म लभ डायरिज आजदेखि अल नेपाल रिलिज भएको छ।
सौरभ चौधरीद्वारा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, नवनायिका रुबिना थापाको अभिनय छ । यस्तै यस फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतको पनि अभिनय देख्न पाइने छ ।
फिल्ममा सुशील विदेशी मोजमस्तीमा रमाइलो गर्ने बिग्रिएको युवाको भूमिकामा छन् । प्रेम र कमेडी कथावस्तु रहेको फिल्म विनोद सापकोटा र सरोज तुलाधरले निर्माण गरेका हुन् ।
साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा उनकै सम्पादन छ भने अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सञ्जय लामाको छायांकन रहेको छ।































प्रतिक्रिया