काठमाडौं ।
चलचित्र दि कर्माले मंगलबार बिग मुभिज सिटी सेन्टरमा च्यारीटी शो गरेको छ । नेपाल चलचित्र कलाकार संघलाई आर्थिक सहयोग होस भन्ने उदेश्यले दि कर्माले च्यारीटि शो गरेको हो । च्यारीटि शोमा सांसद जर्नादन शर्माका साथ बिशिष्ठ कलाकारहरुको पनि उल्लेखनीय उपस्थिती रहेको थियो ।
श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट र जया मिडिया म्यानेजमेन्टको प्रस्तुति रहेको यस चलचित्रको बिग मुभिज सिटि सेन्टर, कमलपोखरीमा च्यारिटि शो भएको हो । चलचित्रमा बुद्धी तामाङ, निता ढुंगाना, परमिता आर एल राना लगायत कलाकारको अभिनय देख्न सकिनेछ । चलचित्र दि कर्मा यहि माघ १७ गतेबाट देशभर प्रर्दशनीमा आउदैछ ।































प्रतिक्रिया