काठमाडौँ ।
वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् ।
बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन् । कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उनले बताए । ‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीलाई के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्न थाल्नु भएको छ’, उनले भने ।
विद्यालयका प्रिन्सिपल कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्ने, प्रकृतिमा भएका सबैलाई माया गर्ने भन्ने सन्देश प्रदान गर्ने बताए । विद्यासदनको वार्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ । ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गरेको नाटक हो ।





























प्रतिक्रिया