कोरोनासँगै संसार हल्लाउने २०२० मा भएका ५ घटनाहरू

कोरोनासँगै संसार हल्लाउने २०२० मा भएका ५ घटनाहरू


सन् २०२० कोरोना कहरकै बीच बित्यो । तर काेराेनासंगै चर्चामा रहेकाे ५ अन्य घटनाकाे बारेमा हामीले चर्चा गरेका छौं ।

यो वर्ष सबैभन्दा ठूलो राजनीतिक घटनाको रूपमा ४६औँ अमेरिकन राष्ट्रपतीय निर्वाचन हो । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्र्याटका जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनअघिको एजिक्ट पोलमा यी दुईबीच प्रतिस्पर्धा निकै चल्यो । राष्ट्रपति निर्वाचनमा बाइडेनले सबैलाई आश्चर्यमा राख्दै ट्रम्पलाई इलेक्टोरल भोटिङमा हराए ।

लामो विवाद र रस्साकस्सीपछि बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिएको छ। जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो। पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्याेलमा थियो। युरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।

लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा झण्डै २०० जनाको मृत्यु भयो । विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरू घरबारविहीन भएकाले उनीहरू विस्थापित हुन परेको अधिकारीहरूले जनाएका छन् ।

अस्ट्रेलियामा लागेको डढेलोले धेरै जीवजन्तुले ज्यान गुमाए। आगलागी नियन्त्रण गर्न हम्मे हम्मे परेकाे थियो। आगलागीको असर अन्य देशमा पनि पर्‍यो। अस्ट्रेलियाको दक्षिणी गोलार्धस्थित झाडीबाट सुरु भएको आगलागी २ करोड ७२ लाख एकड क्षेत्रसम्म फैलियो । उक्त आगलागीबाट १ अर्बबढी जनावरकाे मृत्यु भयो । मार्चमा सुरु भएको आगलागी थप केही महिनासम्म रह्यो। झन्डै ३ महिनासम्म त आगो निरन्तर रह्यो। न्यु साउथ वेल्समा मात्रै भएको आगलागीको क्षति त्यसअघि अस्ट्रेलियामा भएको आगलागीको क्षतिभन्दा धेरै भएको मापन गरिएको थियो।

अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि  ले अमेरिका तरंगित भयो। अस्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी दमनका कारण भएको मृत्युपछि विश्वभर रंगभेद विरोधी आन्दोलन चर्कियो । कोरोना भाइरसको महामारी फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै सरकारले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका थिए ।

Logo