नायिका स्वस्तिमा अनलाईन सपिङ एप ‘मुकुण्डो’को ब्राण्ड एम्बासडर (भिडियाेसहित)

नायिका स्वस्तिमा अनलाईन सपिङ एप ‘मुकुण्डो’को ब्राण्ड एम्बासडर (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् स्वस्तिमा खड्का । चलचित्र बुलबुलमा उनले जीवन्त अभिनय निभाएपछि उनलाई अहिले चलचित्रको कुनै कमी छैन । चलचित्रमा मात्र होइन उनी नेपालका थुप्रै ठूला ठूला ब्राण्डहरुसँग पनि ब्राण्ड एम्बासडरको रुपमा अनुबन्धित भइरहन्छिन् । यस्तै उनी फेरि नयाँ अनलाईन सपिङ एप मुकुण्डोको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएकी छिन् ।

विश्वमा कोरोनाको महामारीले गर्दा मानिसहरु अनलाईन सपिङ बढी रुचाउने गरेको अवस्थालाई मध्यनजर गर्दै एमबिएसवाईएस ग्रुपले ई– कमर्स बिजनेस लाईन मुकुण्डो लाई नेपाली ग्राहकमाझ सार्वजनिक गरेको हो ।

घरायसी सामान, कपडा, जुत्ता, कस्मेटिक लाईनदेखि सबै खाले सामानहरु खरिद गर्न सकिने यस एपलाई नेपालको नम्बर वान सपिङ साईट बनाउन नसकेपनि सर्भिस र ग्राहकको सन्तुष्टिको मामलामा नम्बर वान बनेर देखाउने प्रतिवद्धता यस ग्रुपको छ । हेर्नुहोस भिडियोमा –

 

Logo