हट साम्राज्ञी ‘बिकिनी पोज’ मा मस्ति

हट साम्राज्ञी ‘बिकिनी पोज’ मा मस्ति

केन्द्रबिन्दु
0
Shares

अभिनत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधार’ प्रदर्शनको तयारीमा छन् । यि दुई चलचित्रको छायांकन सकिएको छ । छायांकन सकिएसँगै चलचित्रको लिड रोलमा रहेकी अभिनेत्री साम्राज्ञी अहिले फुर्सदिला भएकी छिन् ।

तत्काल उनी कुनै चलचित्रमा अनुबन्ध भइसकेकी छैनन् । बेकामे भएकाले होला उनी समय कटाउन नयाँ नयाँ उपाय अपनाउँदैछिन् । सायद उनी फुल इनर्जीको साथ चलचित्र प्रमोसन गर्न चाहन्छिन् । त्यसको लागि उनी फ्रेस हुँदैछिन् ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । नयाँ नयाँ तस्बिर अपलोड गर्न माहिर सामाग्रीले हालै इन्स्टाग्राममा हट तस्बिर सार्वजनिक गरेकी छन् । परिवारसँग स्वीमिङ पुलमा मस्ति गरिरहेको फोटो सार्वजनिक गरेकी हुन् । पहेँलो रंगको बिकिनी पोजमा उनी निकै कामुक देखिएकी छिन् । त्यसो त साम्राज्ञीेको विकिनी पोज पहिलो भने होइन ।

यस्ता तस्बिरहरु उनी सेयर गरिरहेकी हुन्छिन् । उनले चलचित्र ‘ड्रिम्स’ बाट युवतीहरुको ड्रिम ब्वाई अनमोल केसीसँग डेब्यु गरेकी हुन् । कमै चलचित्रमा अभिनय गरेपनि उनी सबैको नजरमा नोटिस भएकी छिन् ।

Logo