चलचित्र ‘मिस्टर नेपाली’ को छायांकन शुरु भएको छ ।
प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ । यो चलचित्रमा नायक भूवन केसी र नायिका रिमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् ।
यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् । चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।
चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गरेको बताउदै निर्देशक भुषालले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउने बताए ।





























प्रतिक्रिया