‘एक्टर’को भैसेपाटीमा शुभ मुहूर्त

‘एक्टर’को भैसेपाटीमा शुभ मुहूर्त

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । मंगलबार बिहान ललितपुरको भैसेपाटीमा नेपाली चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ। कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो।

शुभ मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देवलगायतको उपस्थित थियो।

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो। समारोहमा अर्का अभिनेता दिव्यदेव पन्तपनि सहभागीता रहेको थियो। वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेतलगायतका कलाकारको पनि अभिनय रहने छ।

यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन्। थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन्।

फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ। नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए।

Logo