धरान । ‘कन्दरा लाइभ इन धरान’ कार्यक्रम गत बैशाख ८ गते धरानमा सम्पन्न भएको छ।
कन्दराका ब्यान्डका गायक विवेक श्रेष्ठले ‘तगारोमा रुमालराखी…’ बोलको लोकप्रिय गीतबाट कार्यक्रमको सुरुवात गरेका थिए। ३२ वर्षअघि पोखरामा स्थापित भएको कन्दरा ब्यान्ड नेपाली दर्शक तथा स्रोतामाझ आफूलाई फरक पहिचान बनाउन सफल भएको छ।
६ वर्ष अघि धरान , दमक र बिर्तामोडमा आफ्नो सफल कन्सर्ट गरेको कन्दराले अहिले पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ आफ्नै देशमा घुम्नकालागि अर्थात् आन्तरिक पर्यटन प्रवर्धन गर्ने क्याम्पेनसहित कार्यक्रम गरिरहेको गायक श्रेष्ठले बताए।
गायक श्रेष्ठले रातै बिझायो-दिनै बिझायो, जिन्दगी यो उत्सव हो, बिदेशिएर गईन उनी, सुन्दर बिहानी, डाँडाँपारी, भेडीगोठैमा, फूल्चोकीको डाँडैँमा, चन्चले कान्छीको, तिमी पारी त्यो गाउँमा, लेककी हे माया, हंगकंग पोखराजस्ता आफ्ना अति नै लोकप्रिय गीतहरूसंगै भर्खरै रिलिज भएको गीत बिचरा म संगै, जय जय नेपाल बोलको रास्ट्रिय गीत पनि प्रस्तुत गरेका थिए।
मादलमा सुनिल थापा, पहिलो पटक जिप्सीज्याज म्युजिक भित्र्याएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गीतारवादक देव लामा, बेस गितारमा पङ्कजझा, ड्रमसेटमा सुन्दर महर्जनलगायत ब्यान्ड सदस्यहरूको टिमअपमा कन्दरा लाई ‘रिभाइभ’भएको हो।
गत पुस २७ गते पोखरामा भव्य कन्सर्ट गर्दै कन्दरा फेरि श्रोता तथा दर्शकमाझ आएको हो।































प्रतिक्रिया