नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागी आज अर्थात जेठ १८ मा नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । अध्यक्षका लागी चर्चित अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी दिएकी छन् भने कुनै बेलाका अभिनेता रवीन्द्र खड्का सरितासँग भिडन्तमा उत्रिएका छन् ।
सरिता डेढ दशकदेखि पत्रकारिता हुँदै निरन्तर कलाकारितामा सक्रिय छिन् भने खड्का कलाकारितामा निस्कृय हुँदै राजनीतिमा सक्रिय भएका कलाकार हुन् ।
खड्काले तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय चुनावमा पनाैतीको मेयरमा चिठ्ठा पारेका थिए । अहिले भने उनी एकाएक सक्रिय हुँदै चुनावी प्रक्रियामा भाग लिन आइपुगेका छन् । सरिता लामिछाने कलाकार संघको वर्तमान कार्यसमितिमा महासचिव रहेकी छन् ।
कलाकार संघको यस पटकको चुनावमा सरिता लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने उनका प्रतिस्पर्धी रवीन्द्र खड्काले भने पार्टीगत उम्मेदवारी दिएको बताईन्छ ।





























प्रतिक्रिया