‘कप्स’को अफिसयिल पोष्टर सार्वजनिक 

‘कप्स’को अफिसयिल पोष्टर सार्वजनिक 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘कप्स’ को अफिसियल पोष्टर (फस्ट लुक्स) सार्वजनिक भएको छ । बिहीबार फिल्मको दुई ओटा पोष्टर सार्वजनिक भएको हो । जसमध्ये सिक्स सिटर पोष्टरमा फिल्मका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दीपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र सन्दीपा घाईते युवतीको रुपमा छन् ।

अर्कोमा अनुप, सन्दीपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र कप्समा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित छ ।

अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ । यो उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।

अनुपसँगै यो फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।

 

Logo