गरिमा शर्मा र विमल अधिकारीको ‘रिटिङ रिटिङ’मा

गरिमा शर्मा र विमल अधिकारीको ‘रिटिङ रिटिङ’मा

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर एंव हाल नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटीद्वारा रचित ‘रिटिङ रिटिङ’मा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

दिपक लिम्बू र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी, रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छभने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको हो।

म्युजिक भिडियो कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको अभिनय रहेको छ। बजारमा एकदमै चर्चित गीत यहीँ त होनी मायाँपछि शर्मा र अधिकारीको जोडीलाई लिएर म्युजिक भिडियो बनेकोमा गीत संगीत क्षेत्रका सरोकारवालाबाट निर्देशक कृष्णदेव रुपाखेतीलाई धन्यवाद तथा म्युजिक भिडियो गुणस्तरमा उच्च स्तरको रहेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको गीतकार सिवाकोटीले बताएका छन्।

कोरियोग्राफर काजिस श्रेष्ठको कोरियोग्राफी, छायाङ्कन उत्सव दाहाल भिडियो सम्पादन तथा कलर विनोद वाम, मेकअप नन्दा अधिकारी, सहायक कोरियोग्राफर प्रशान्त मगरको रहेको छभने अहिलेका एकदमै व्यस्त प्रतिष्ठित निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ।

काभ्रेको पाँच खालमा छायाङ्कन गरिएको यस म्युजिक भिडियो अव्वल भएकोमा गीतकार सिवाकोटी खुशीहुँदै निर्देशकलगायत सम्पूर्ण टीमलाई धन्यवाद दिएका छन्।

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु र स्थानीय परिवेशलाई समेटिएको म्युजिक भिडियोमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्न सक्ने विश्वास गर्छन् गीतकार सिवाकोटी।

मौलिक नेपाली लोकलयमा तयार भएको यो म्युजिक भिडियो गीतकार सिवाकोटीको युट्युब च्यानलमा उपलब्ध छ।

Logo