हलहरुमा ‘विर विक्रम २’ र ‘जात्रै जात्रा’, दुई वर्षाको भिडन्त

हलहरुमा ‘विर विक्रम २’ र ‘जात्रै जात्रा’, दुई वर्षाको भिडन्त

केन्द्रबिन्दु
0
Shares

आज शुक्रबार (जेठ ३ गते) सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘जात्रै जात्रा’ र ‘विर विक्रम २’ गरि दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

यी दुई चलचित्रले एकसाथ सिनेमा हल बाडेका हुन् । रजतपटमा नायिका वर्षा राउत र वर्षा सिवाकोटीको मनमुटावको हल्लाले गर्दा पनि यी दुई चलचित्रहरु निकै चर्चामा रहेका छन् ।

विर विक्रम २

चलचित्र ‘विर विक्रम २’ मा नायिका वर्षा सिवाकोटी, नायक नाजिर हुसेन र नायक पल शाह मुख्य भूमिकामा छन् । मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदिप भारद्धाजको लेखन रहेको छ । ‘विर विक्रम २’ मा दुई साथी बीचको मित्रतालाई देखाईएको छ । साथै कलाकार बुद्धि तामाङले भने भिलेनको भूमिका निर्वाह गरेका हुन् ।

चलचित्रमा पल, नाजिर र वर्षासँगै बुद्धि तामाङ, देशभक्त खनाल, बिनिसा भण्डारी, बिनोद सुवेदी खत्री, मनिष लिम्बु, मनोज केसी लगायतले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको यस चलचित्रलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

जात्रै जात्रा

चलचित्र ‘जात्रै जात्रा’ मा प्रदिप भट्टराईको निर्देशन तथा लेखन रहेको छ । चलचित्रमा वर्षा राउत, विपिन कार्की, रविन्द्र झा, राजाराम पौडेल, रविन्द्र सिंह बानिया, कालु राना लगायतकले अभिनय गरेका छन् । चलचित्रमा सुनको मोहलाई मुख्य विषय वस्तु बनाईएको छ ।

शिव राम श्रेष्ठले खिचेको उक्त चलचित्रमा मिात्र डी गुरुङको सम्पादन, कविराज गहतराजको र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । यस अघि २०१६ मा प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ पनि व्यवसायिक रुपमा सफल भएको थियो ।

Skip This
Skip This
Logo