करिश्मा मानन्धरको घरमा चट्याङ पर्‍यो, चिरियो रुख

करिश्मा मानन्धरको घरमा चट्याङ पर्‍यो, चिरियो रुख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो गोदावरीस्थित उनको घरमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुखमा चिरा परेको छ ।

चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् । सामाजिक सञ्जाल मार्फत घरमा चट्याङ परेकोबारे जानकारी दिएकी हुन ।

‘घरको माथिल्लो तलामा मिटिङमा रहेका बेला एकाएक चर्को आवाज निस्किएको र आफुले विजुली सर्टेज भएको होला भन्ने सोचेको तर चट्याङ पो परेको रहेछ’ उनले भनिन् । उनले थपिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अच्मममा परेँ ।’

Logo