मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन्।
प्रेम सम्बन्धमा रहँदा उनीहरु प्रायःसँगै हुन्थे र सामाजिक सञ्जालमा एकअर्काको तस्वीर राख्न छुटाउदैन थिए। केही समयअघिदेखि उनीहरुको सम्बन्धमा दरार आएको समाचार सार्वजनिक भइरहेका थिए। आफूहरुको ब्रेकअपका बारेमा जोडीले कुनै प्रतिक्रिया नदिदा रहँदा अब भने आधिकारिक रुपमा नै उनीहरुको अलग्गिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले अब अलग अलग बाटो लिने निर्णय लिइसकेका छन्।
‘मलाइका र अर्जुनबीच विशेष सम्बन्ध थियो। उनीहरु एकअर्काको हृदयमा विशेष स्थान बनाएर बसेका थिए। अब भने उनीहरुले अलग्ग्निे निर्णय लिएका छन्। उनीहरुले यसलाई सम्मानजनक अलग भनेका छन्। उनीहरुले कसैलाई पनि आफूहरुको सम्बन्धमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्’, जोडी निकट स्रोतले भन्यो।
मलाइका र अर्जुनले सन् २०१९ मा ‘इण्डियाज मस्ट वान्टेड’को स्क्रिनिङपछि आफ्नो सम्बन्धलाई आधिकारिता दिएका थिए।
फ्यानहरु उनीहरुको विवाहको प्रतिक्षा गरिरहँदा ब्रेकअपको खबर आएपछि दुःखी बनेका छन्































प्रतिक्रिया