काठमाडौं । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन्।
यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ। जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ।
यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो।
बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो। बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए।
यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ। यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुँदै छ।





























प्रतिक्रिया