एजेन्सी । बलिउड हट अभिनेत्री सनी लियोनी अब हरर कमेडी फिल्ममा देखिने भएकी छन् । हालै उनले ‘कोका कोला’ नामक हरर कमेडी फिल्ममा साइन गरेकी छिन् । फिल्मको अधिकांश छायांकन देहरादून, मसूरी, हरिद्वार लगायतका ग्रामिण क्षेत्रमा हुने बताइएको छ । उक्त फिल्मलाई महिन्द्र धारिवालले निर्माण गर्नेछन् ।
निर्माता महिन्द्र भन्छन्, ‘सन्नी यो हरर कमेडी फिल्मको लागि अनुबन्धित भएकी छन् । यो सही समय हो, हरर कमेडी जनाराको फिल्म बनाउनको लागि किनकी दर्शकहरु यस्तो किसिमको फिल्म हेर्न बढी रुचाउँछन् । हामीले फिल्मको टाइटल पनि रजिष्टर गरिसक्यौं, ताकी भविष्यमा गएर हामीलाई कपी राइटको आरोप नलागोस ।’
फिल्ममा सनी फाइन भईसकेकी छन् भने अन्य कलाकारहरु फाइनल हुन बाँकी छन् । बलिउड फिल्म बाहेक सनी लियोनी समय समयमा ‘आइटम सङ’ हरुमा समेत छाउने गरेकी छिन् ।





























प्रतिक्रिया