फिल्म बोर्डरको सिक्वेलको २०२६ को जनवरीमा रिलिज हुने

फिल्म बोर्डरको सिक्वेलको २०२६ को जनवरीमा रिलिज हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको रिलिज मिति सार्वजनिक भएको छ।

फिल्मको निर्माण पक्षले फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुने जानकारी दिएका छन्।

यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन्। अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ। मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए। भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन्। यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन्।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो। उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन्।

फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो। १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो। यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो।

Logo