‘भागवत गीता’ मा अनमोल र सुहानाको जोडी

‘भागवत गीता’ मा अनमोल र सुहानाको जोडी

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘ए मेरो हजुर ३’ अहिले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । साथै ‘ए मेरो हजुर ३’ जोडी अनमोल र सुहानाको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाएसँगै उनीहरुको जोडीको डिमान्ड बढ्न थालेको छ ।

अनमोल र सुहानाको फ्यान फ्लोइङ पनि बाक्लै छन् । यसैबीच झरना थापाले अनमोल र सुहानाको जोडी पुनः पर्दामा दोहोरिने संकेत गरेकी छन् । उनले आईतबार सामाजिक सञ्जालमा फेसबुकमा एउटा तस्विर सार्वजनिक गर्दै क्यापसन लेखेकी छन् ‘मेरो भागवत गीता ।’

जसमा अनमोल, सुहाना र उनी स्वयमको तस्विर सार्वजनिक गरेकी छन् । झरनाले ‘भागवत गीता’ मा अनमोल र सुहानाको जोडी रहने संकेत गरेकी छन् । अनमोलले यो चलचित्र साइन भने गरिसकेका छैनन् ।

Skip This
Skip This
Logo