लक्षु गौतम निर्देशित चलचित्र ‘कालो वर्ष’ बैशाख १३ गतेदेखि देशभर प्रदर्शनमा आएको छ । चलचित्र ‘कालो वर्ष’ को ट्रेलर ‘भिरगो टिभी’ मार्फत केही दिन अघि सार्वजनिक गरिएको थियो ।
यस चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का, सुरेन्द्र बुढा, रविन भुजेल, रश्मी भट्ट, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । योगिराम फिल्मको प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘कालो वर्ष’ मा २०७२ सालमा गएको बिनाशकारी भूकम्प र त्यसपछिको जनजीवन, बैदेशिक रोजगार लगायतको कथावस्तु समेटिएको छ ।
योगेन्द्र प्रसाद पनेरु निर्माता तथा राम खड्का सहनिर्माता रहेको चलचित्रमा ओकेश पनेरुको लेखन, सुवास देवकोटाको सम्पादन, मेघना मगरको कोरियोग्राफी छ । चलचित्रमा २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले गरेको क्षति, त्यसले जनजीवनमा पारेको प्रभावलाई विशेष महत्वका साथ देखाईएको छ ।
चलचित्रले विशेषगरी समाजमा घटेका विभिन्न घटनालाई समेटेको छ । निर्माता योगेन्द्रका अनुसार चलचित्र पूर्णरुपमा सामाजिक परिवेशमा तयारी पारिएको हो । भूकम्पपछि रोजगारीको लागि धेरै नेपाली विदेशीका थिए ।
विदेशमा बस्दा खेप्नु परेको पीडा, यता नेपालमा रहेको आफन्तहरुको समस्या लगायतलाई पनि चलचित्रमा उठान गरिएको निर्माता पनेरुको भनाई छ । त्यस्तै जातीय विदेभबाट परिरहेका समस्याहरुलाई पनि चलचित्रमा समावेश गरिएको उनको भनाई छ ।
चलचित्रमा सुदूरपश्चिम प्रदेशको भाषा संस्कृतिलाई समेत स्थानमा दिएको छ । चलचित्र सामाजिक परिवेशमा निर्माण गरिएकाले समयसान्दर्भिक रहेको उनको भनाई छ ।





























प्रतिक्रिया