काठमाडौं । जेठ ३ बाट नेपाली चलचित्र ‘बीर बिक्रम २’ प्रदर्शनमा आउँदैछ । प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको यो फिल्ममा अभिनेताद्वय पल शाह र नाजिर हुसेन छन् । उनीहरुको मित्रता एकदमै जमेको देखिन्छ ।
फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिका छन् । उनले फिल्ममा बादलको भूमिका निभाएकी छन् । ट्रेलरबाट उनी फिल्ममा नेगेटिभ रोलमा रहेको अनुमान लगाउन सकिन्छ । स्क्रिन स्पेश पर्याप्य पाए पनि उनले बोलेका संवाद खासै समेटिएको छैन । यसमा कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

उक्त फिल्मको ट्रेलर बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । कार्यक्रममा अभिनेत्री वर्षा निकै बोल्ड देखिएकी थिईन् । एकदमै खुलेकी वर्षासँग नाजिर हुने विन्दास पारामा देखिएका थिए । अभिनेता पल शाह भने कार्यक्रमको अन्तमा आएका थिए । कार्यक्रम सकिएपछि कार्यक्रममा आउँन खोज्दा निर्देशक मिलन चाम्सले पललाई नआउन भनेका थिए । तरपनि उनी आए ।

यो फिल्म करिब ३ वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता मिलन चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् ।
https://www.youtube.com/watch?v=VOPU3oIQQc4





























प्रतिक्रिया