चलचित्र ‘विर विक्रम २’ को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुक पोष्टरमा चलचित्रका मुख्य कलाकार वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ ।
साथै उक्त पोष्टरमा चार जना साथीको मित्रतालाई पनि प्रस्तुत गरिएको छ । मिलन चाम्स निर्देशित ‘विर विक्रम २’ मा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनसँगै बुद्धि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी, सन्तोष खनाल, मनोज केसी लगायतले अभिनय गरेका छन् । चलचित्र ‘विर विक्रम’ बक्स अफिसमा सफल भए पश्चात चाम्सले ‘विर विक्रम २’ निर्देशन गरेका हुन् ।
प्रदिप भाद्धाजको लेखन रहेको यस चलचित्रमा नवराज उप्रेतीको छायांकन र बनिश शाहको सम्पादन रहेको छ । यो चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।





























प्रतिक्रिया