काठमाडौं । दुई सातादेखि ए मेरो हजुर ३ प्रदर्शनमा आईरहेको छ । सोहि अवसरमा फिल्म निर्माता टिमले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । काठमाडौंस्थित गोपीकृष्ण हलमा बोलाईएको पत्रकार सम्मेलन अन्तमा आएर स्थगित भयो ।
पत्रकार सम्मेलनकै लागि भनेर गोपिकृष्ण हल पुगेका नायक अनमोल केसी र नायिका सुहाना थापालाई हेर्नकै लागि दर्शकहरुको ठूलै भीड थियो । उनीहरुले सोहि समयमै आफ्ना दर्शकहरुलाई टिसर्ट उपहार बाँडे ।
चैत्र २९ गते प्रदर्शनमा आएको उक्त चलचित्र दर्शकहरुले धेरै रुचाएका छन् । साथै नव नायिका सुहाना थापाले यस चलचित्रमा गरेको अभिनयकै कारण दर्शकमाझ आफ्नो छाप छोड्न सफल भएकी छिन् ।





























प्रतिक्रिया