‘ए मेरो हजुर ३’ ग्राण्ड प्रिमियरः अनमोल र सुहानाको रेड कार्पेटमा इन्ट्रि

‘ए मेरो हजुर ३’ ग्राण्ड प्रिमियरः अनमोल र सुहानाको रेड कार्पेटमा इन्ट्रि

केन्द्रबिन्दु
0
Shares

बिहिबार काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा चलचित्र ‘ए मेरो हजुर ३’ को ग्राण्ड प्रिमियर गरियो । रेड कार्पेटमा झरना थापा, अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतले ग्राण्ड इन्ट्रि गरेका थिए ।

उक्त प्रिमियरमा करिष्मा मानन्धर, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, निता ढुङगाना, रमेश उप्रेती, सिताराम कटेल, कुञ्जना घिमिरे, दिवाकार भट्टराई लगायतका कलाकारहरु फिल्म हेर्न पुगेका थिए । फिल्म हेरेर निस्केका कलाकारहरुले अनमोलको अभिनयमा अझै निखार आएको र सुहानाको अभिनयको पनि निकै तारिफ गरे ।

चलचित्र हेरिसकेपछि निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले ‘सुहानाले एकदम राम्रो काम गरेको र उनी फिल्म इन्डस्ट्रिमा नयाँ हो जस्तो नलागेको’ बताइन् । निरौलाले थप्दै भनिन्, ‘झरना जि ले छोरी त जन्माउनु भो तर चलचित्रकर्मीको लागि एउटा राम्रो नायिक पनि जन्माउनु भयो ।’

त्यस्तै सिताराम कटेल (धुर्मुस) भन्छन्, ‘अहिलेको परिस्थिीतिमा धेरै पछि एउटा राम्रो चलचित्र हेर्न पाए, सबैको काम एकदम राम्रो छ, समग्रमा यो चलचित्र उत्कृष्ट बनेको छ ।’

कतिपय कलाकारले त सुहानालाई साम्राजीसँग पनि दाजेका छन् । पहिलो डेब्यु चलचित्रमा नै यति राम्रो अभिनय गरेको भन्दै सुहाना नेपाली रजतपटमा साम्राज्ञीलाई टक्कर दिने नयाँ नायिको रुपमा समेत लिइएको छ । साथै ‘ए मेरो हजुर ३’ यो वर्षकै बहुप्रतिक्षित चलचित्र समेत रहेको छ ।

 

Skip This
Skip This
Logo